विश्व/प्रवास

लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै

coronavirus in us

२५ पुस, काठमाडौं । लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरुले जनाएका छन् ।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन् । यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो ।

बिहीबार मात्र पनि यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो ।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ । जसका कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ । तर पनि सङ्क्रमितहरुको संख्यामा भने कमी आएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस