समाचार

प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाए : गगन थापा

gagan thapa

२५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाएको बताएका छन् । संसद विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको विरोध सभालाई चावहिलमा सम्बोधन गर्दै नेता थापाले घर सम्हाल्ने जिम्मेबारी पाएको प्रधानमन्त्री आफैले घरमा आगो सल्काएको बताएका हुन् ।

उनले भने, ‘घर सम्हाल्ने जिम्मेवारी काँधमा बोकेका प्रधानमन्त्रीले घरमै आगो लगाएका छन् ।’ प्रधानमन्त्रीले राष्ट्रका निम्ति अपराध गरेको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था हाम्रो संविधानमा छैन, पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गरिएको हो ।’

उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको गलत कामलाई अब सर्वोच्च अदालतले मात्रै सही दिशामा ल्याउन सक्ने समेत बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस