
२५ पुस, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणको कारण देशभर थप ३ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ९१२ पुगेको छ ।
त्यस्तै, शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस