समाचार

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मला पन्तको तस्वीर

photo rw sambidhan

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाएका छन् । शनिबार काठमाडौंमा भएको कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान र निर्मला पन्तको तस्वीर पठाएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमा नभएको धाराको प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेको कांग्रेसको आरोप छ । संविधान राम्रोसँग पढ्नको लागि संविधान पठाइएको शर्माले बताए । यस्तै शुक्रबार धनगढीमा भएको ओलीपक्षीय भेलाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओली पुगेको कार्यक्रममा निर्मला पन्तलाई न्याय खोई ? लेखेको टिसर्ट लगाएकाहरूलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरुप निर्मला पन्तको तस्वीर पठाइएको हो ।

संविधान र निर्मला पन्तको तस्बिरसहित उनले रोगले मरेका राजु सदा र भोकले मरेका सुर्यबहादुर तामाङको तस्वीर पनि पठाए । उनले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि गरेका थिए । प्रेस युनियनका काठमाडौंका अध्यक्ष दुलालले आइतबार हुलाकमार्फत संविधान र तीनजनाको तस्वीर प्रधानमन्त्रीलाई पठाउने जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस