समाचार

वितृष्णा बोकेर विदेश पलायन

nepal india border

२६ पुस, धनगढी । २७ वर्षीय पञ्चकुमार डीसी भारतको बैंगलोर जान पत्नी रजनपुरा रोकाया डीसीको हात समातेर कैलालीको गौरीफन्टा सीमानाकामा लाम लागेका थिए । कर्णाली प्रदेशको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–२ का डीसीको अनुहार मलिन थियो । उनी पहिलो पटक काम खोज्दै भारत जान लागेका रहेछन् ।

‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्थानीय तह र मेरो तह जोडिएका छन् । म उहाँको छिमेकी हो’, डीसीले भने, ‘तर, कुनै फरक अनुभूति भएन । उहाँले निर्वाचनका बेला गर्नुभएका वाचा सबैले बिर्सिसक्नुभयो ।’

डीसी गाउँमा मेलमिलाप सहजकर्ता हुन् । तर, त्यो जागिर सकिएपछि, उनी बेरोजगार भएर भारततिर हिँडेका हुन् । ‘भएको सानो रोजगारी पनि सकियो’, उनले भने, ‘अब श्रीमती लगेर दुवै जना काम गर्ने भनेर भारत जान लागेको ।’

उनले निर्वाचनमा भोट दिए । ‘मैले भोट दिएका नेताले जित्नुभएको पनि हो। उहाँकै पार्टी सरकारमा छ’, उनले भने, ‘दुईतिहाइनजिकको प्रतिनिधिसभा अहिले भंग भएको छ । कुनै नेता पदका लागि सडकमा आएका छन् भने कुनैले पद नछाडेका कारण यत्रो लडाइँ भइरहेको छ । वितृष्णा जाग्छ मनमा । गाउँमा बस्ने त मन हुन्छ तर के गरेर बस्ने ? के खाएर बस्ने ?’ याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस