
२६ पुस, काठमाडौं । बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।
शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको थियो ।
प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जवनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-६ का ४७ वर्षीय इमानसिंह तामाङ रहेका छन् । प्रहरीले घटनास्थलबाट १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस