
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछिका राजनीतिक परिस्थितिबारे बैठकमा सम्बाेधन गर्नेछन् ।
साथै आजको बैठकमा उनले ‘थारू आयोगको वार्षिक प्रतिवेदन २०६६/७७’ पेश गर्ने कार्यक्रम रहेकाे संसद सचिवालयले जनाएकाे छ ।
यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गर्ने कार्यसूची रहेकाे छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजित भएकाे छ । नेपाल–दाहाल समूहले असंवैधानिक कदम चालेकाे भन्दै ओली समूहको विरोध गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस