
२६ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको पहिलो दिन सुन तोलामा २३ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ रहेको थियो । तर आइतबार सुनको मूल्य ह्वात्तै घटेर तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस