मनोरञ्जन ताजा समाचार

शुभ मुकारुङको अध्यक्षतामा गीतकार संघमा नयाँ नेतृत्त्व

Geetkar sangh Nepal

२६ पुस, काठमाडौं । गीतकार संघ नेपालको अध्यक्षमा शुभ मुकारुङ चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं महाधिवेशन तथा ११ औं साधारणसभाले अध्यक्षमा शुभ मुकारुङलाई चयन गरेको हो

वसन्त वित्यासी थापा उपाध्यक्ष, रमेश कोइराला महासचिव, महेश आचार्य सचिव र जीतबहादुर घले कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा लोकराज अधिकारी, सुमी सिंह, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादम्बिनी निर्वाचित भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस