समाचार

स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँसहित पक्राउ

police arrest

२६ पुस, सिरहा । जिल्लाको सिरहा नगरपालिका–२१ लकढीगोठबाट ३१ लाख ८९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

शनिबार राति प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२२ का ३९ वर्षीय शिवनाथ यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले बताए ।

डिएसपी पौडेलका अनुसार भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई प्रहरीचौकी लकढीगोठबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनले बोकेको झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस