समाचार

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको ‘केटी’ मृत फेला

Rhnio Death

२६ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो । पोथी गैंडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । गैंडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस