समाचार

प्रधानमन्त्री ओलीविरुद्ध धनगढीमा बयलगाडा प्रदर्शन

bayalgadha

२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानीक भएको भन्दै धनगढीमा बयलगाडा प्रदर्शन भएको छ । नेकपा प्रचण्ड–नेपाल समुह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीको आयोजनामा प्रदर्शन भएको हो ।

धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा भएको बताइएको छ ।

दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न अफ्ठ्यारो भयो भन्दै प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम उठाएको विरुद्ध बयलगाडा र्‍याली आयोजना गरिएको विधार्थी नेता डम्मर भट्टराईले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस