समाचार

भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु : प्रधानमन्त्री ओली

Oli Rastiyasava push 26

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहने व्यक्ति भएको बताएका छन् । जारी राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्धबारे धेरै प्रश्न गर्ने गरेको बताउँदै आफू भारतसँग सम्बन्ध बढाउन चाहने प्रधानमन्त्री भएको बताएका हुन् ।

‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहान्छु, सम्बन्ध बढाउन चाहान्छु । मित्रतलाई सही अर्थमा गहिराईमा पुर्याउनु चाहान्छु । ब्यापक बनाउनु चाहान्छु । उचाईमा लान चाहान्छु । नयाँ उचाईमा पुर्याउनु चाहान्छु । त्यो असमानतका आधारमा हुँदैन ।’ ओलीले सम्बोधनको क्रममा भने ।

त्यस्तै, उनले दुई देशका बिच सार्वभौम सत्ताका आधारमा मनदेखि सम्बन्ध बनाउन खोजेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपालको भूभाग हडपिएको थाहा पाएपनि भन्न नसक्ने, तर सम्बन्ध राम्र्रो छ भन्ने, भित्र चित्त बुझेको छैन बाहिर राम्रो छ भन्ने भन्दापनि आफ्ना समस्या राख्ने र त्यसमा छलफल गर्ने तर्क गरे । उनले भारतसँग मित्रतापूर्ण तरिकाले कुरा गरेको र त्यसबाट सफलता पनि पाएको उल्लेख गरे ।

उनले नेपालको भूभाग लिम्पियाधुरा समावेश गरेर नक्सा प्रकाशन गरेपछि भारतसँग सम्बन्ध बिग्रन्छ भनेर केही मान्छेले भनेपनि भारतको भूमि समावेश गरेर नक्सा प्रकाशन भएको भएपो सम्बन्ध बिग्रने भन्ने टिप्पणी गरे । उनले सुगौली सन्धीपछि १ सय ४६ वर्ष नेपालले भोग गरेको नक्साबाट गायब पारेको भूमि नक्सामा समेटेको बताए । उनले नक्सामा मात्र हैन व्यवहारमा पनि जमिन फिर्ता ल्याएर छोड्ने उल्लेख गरे । सरकारले गरेको यो कामबाट कतिपयलाई छटपटी भएको समेत उनको आरोप छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *