२६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । नेपालको संविधानको धारा ९३ को २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालू अधिवेशन पुष २६ गते आइतबारको दिन राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आइतबार १ बजेका लागि राखिएको छ। १ बजे राष्ट्रपति भण्डारीको पत्र पढेर सुनाउने कार्यतालिका रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गरेलगत्तै राष्ट्रिय सभा अन्त्य गरिएको हो ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस