समाचार

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

२६ पुस, काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ३९९ जनामा गरिएको परीक्षणमा आइतबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस