सूचना प्रविधि

भायोनेटको सर्भरमा छिरेर सूचना चोर्ने युवक पक्राउ

arrest

२६ पुस, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटको सर्भरमा अनधिकृत पहुँच राखेर सूचना चोर्ने एक युवक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने वर्ष १८ का युवक परिवर्तित नाम ‘नरपिचास’ लाई पक्राउ गरेको जनाएको छ ।

ती युवकले भायनेटको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी ‘डाटा ब्रेक’ गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, इन्स्टाग्राम समेतको माध्यमबाट स्क्रीप्ट सार्वजनिक गरेको ब्यूरोले जनाएको छ ।

उनको सो कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुर भएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा व्यूरोबाट खटिएको टोलीले बुटवलबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस