
२६ पुस, काठमाडौं । काठमाडौंको शंखमुलबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा घर भएका जय बहादुर जिरेल, अर्जुन जिरेल र कैलाली घर एका राज कँडेल छन् । आइतबार दिउँसो उनीहरुलाई काठमाडौंका शंखमुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।
प्रहरीले चितुवाको छाला कारोबारमा संलग्नलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ वन कार्यालयलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस