समाचार

स्रोत नखुलेको ३२ लाख रकमसहित एक व्यक्ति पक्राउ

arrest

२६ पुस, लहान । स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस