२६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित एउटा होटलबाट प्रहरीले अफिम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका घर भएका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयल छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुमध्ये तिर्थ बहादुरको साथबाट १ किलो १ सय ग्राम अफिम बरामद छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।