समाचार

ओलीले न्यायालय प्रभावित पार्न खोजिरहेका छन्ः वर्षमान पुन

barsaman pun

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायालय विघटन गर्न खोजेको टिप्पणी उनको छ । नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे ।

ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे । ‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा  विघटन गर्ने दुस्साहस गर्नुभएको छ ।  आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरिाख्नुभएको छ’, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमुर्तिहरु सचेत रहनुपर्छ ।’

ओली र ओली समूहका कोही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको भन्दै पुनले अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस