फुटबल

इन्टर मिलान रोमासँग बराबरीमा राेकियाे

inter

२७ पुस, काठमाडौं । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले एएस रोमासँग बराबरीमा राेकिएकाे छ । गएराति भएकाे खेलमा मिलानले रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेकाे हाे ।

खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा अग्रतामा रहेपनि इन्टरले अग्रता जाेगाउन सकेनन् ।  खेलकाे १७ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले घरेलु टोली रोमलाई अग्रता दिलाएका थिए । उनके हेनरिक मिखीतार्यानको पासमा गरेको प्रहार डिफेन्डर एलेसान्द्रो बास्टोनीलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा मिलान स्क्रिनियारले इन्टरका लागि बराबरी गोल गरे । त्यसको ७ मिनेटपछि अक्रफ हाकिमीले सुन्दर गोल गर्दै इन्टरलाई अग्रता दिलाए । दुवै गोलमा मार्सेलो ब्रोजोभिचले असिस्ट प्रदान गरेका थिए । जियानलुका मान्चिनीले ८६ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि इन्टर जितबाट बन्चित भएको थियो ।

यस बराबरीसँगै इन्टर मिलानको १७ खेलमा ३७ अंक भएको छ । रोमाको १७ खेलमा ३४ अंक रहेको छ । शीर्षस्थानको एसी मिलानले १७ खेलमा ४० अंक जोडेको छ । साविक विजेता युभेन्टस १५ खेलमा ३० अंकसहित छैटौं स्थानमा छ । युभेन्टसले आज राती सासुओलोको सामना गर्दैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *