खेलकुद समाचार

युभेन्टसको जितमा रोनाल्डोको कीर्तिमानी गोल

ronaldo

२७ पुस, काठमाडौं । एरोन रामसे र क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गोल गरेपछि युभेन्टसले १० खेलाडीमा सिमित सासुलोलाई हराउँदै इटालियन सिरिए एको उपाधि होडमा आफूलाई कायम राखेको छ ।

वेल्सका मिडफिल्डर रामसेले ६ यार्ड टाढाबाट गोल गर्दै युभेलाई अग्रता दिलाए भने स्टपेज टाइममा गोल गर्दै रोनाल्डोले ३–१ का जीत सुनिश्चित गरे । पेड्रो ओबियाङले फेडेरिको किएसामाथि फल हानेपछि सासुलो दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको थियो ।

यस खेलमा गोल गरेसँगै रोनाल्डोले यस सिजनमा सिरी ए आफ्नो १५ गोल पुरा गरेका छन् । योसँगै उनी पछिल्लो १५ सिजनसम्म लगातार उनी खेलेका लिगमा कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले सन २००६/७ सिजन देखि अहिलेसम्म खेलेका हरेक लिगमा हरेक बर्ष कम्तिमा १५ गोल गरेका छन् ।

यो जितपछि युभेन्टस सिरी एमा चौथो स्थानमा उक्लिएको छ । युभेन्टसको १६ खेलमा ३३ अंक रहेको छ । शिर्ष स्थानमा रहेको एसी मिलानको १७ खेलमा ४० अंक रहेको छ । त्यस्तौ सास्सुओलोको भने १७ खेलमा २९ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस