२७ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारका सदस्यलाई उदृत गर्दै जनाएका छन् ।
शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ । शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए ।
उनले नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरेका थिए । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बनेका थिए ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।