विश्व/प्रवास

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

Trump Corona

२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता विद्रोहको प्रयास गरेको भन्दै कार्यकाल सकिन लाग्दा महाभियोग लगाउने तयारी भएको छ । संसद् भवन क्पापिटलमा आक्रमण गराएर हिंसात्मक ढङ्गले नियन्त्रणमा लिन खोजेको र सत्ता विद्रोहको प्रयास गरेको भन्दै ट्रम्प विरुद्ध महाअभियोग लगाउने डेमोक्र्याटहरूको तयारी रहेको छ ।

बिबिसीका अनुसार तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ । ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने बताइएको छ । ट्रम्पविरुद्धको महाभियोग प्रयाससँग जोडिएका केही प्रश्नको जवाफ राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ । त्यस्तो कदमले ‘हाम्रो महान्‌ देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ । प्रस्ताव ल्याइहाले पनि संसदको माथिल्लो सदन सिनेटबाट पारित हुन समय लाग्ने बताइएको छ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्‌मा ल्याएर पारित हुनुपर्नेछ । यसअघि पनि ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस