अर्थनीति

आजपनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold

२७ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर सोमबार तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस