समाचार

भक्तपुरमा विजुली सर्ट भएर आगलागी, चारवटा पसल खरानी

bhaktapur aago

२७ पुस, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ को पाण्डुबजारमा आगलागीबाट चारवटा पसल र एउटा कोठा खरानी भएको छ । आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

आगलागीले रामकृष्ण चौगुठीको फर्निचर पसल, नारायण साडेमियाले सञ्चालन गरेको चिया पसल, विमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसल र नरेश कर्माचार्यको कोठा जलेर नष्ट भएका छन् ।

आगोलागी हुदाँ बाह्र लाख ६० हजार बराबरको धनमाल जलि नष्ट  भएको छ र  मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डिएसपी गिरीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस