राजनीति

प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगमा

aayogma prachanda

२७ पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन् ।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो । सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस