२७ पुस, काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएका छन् ।
यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस