समाचार

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जली

kp oli

२७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा  पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु,’ ओलीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस