२७ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना रहेका छन् ।
त्यस्तै, सोमबार तीन हजार ३०९ जनामा गरिएको परीक्षणमा देशभर ४८८ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
त्यस्तै, सोमबार ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस