२७ पुस, मकवानपुर । हेटौंटा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंटाबाट जाँदै गरेको प्रदेश ३-०३–००१ प ४०२० नंको मोटरसाइकललाई चौघडाबाट हेटौंटातर्फ आउँदै गरेको ना ३ क ८३३३ नंको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी हेटौंटा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौंटाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौंटा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस