समाचार

प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

chief minister sherdhan rai

२७ पुस, काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईसहित केही मन्त्री र प्रदेश सांसदलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।

दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको प्रचण्ड नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उल्लेख छ ।

उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको  छ । प्रचण्ड-नेपाल पक्षले आठै जनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको छ । पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो । यसअघि मुख्यमन्त्री राईले पनि  प्रचण्ड- नेपाल पक्षका १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेका थए । दुवै समूहले एक–अर्कालाई कारबाही गरी निलम्बन नै गरिसकेको अवस्थामा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस