विश्व/प्रवास

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस

Trump Corona

२८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस भएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको हो । महाअभियोग प्रस्ताावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।

यता राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

यस्तै ट्रम्पको कार्यकाल सकिनुभन्दा ८ दिनअघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।

अमेरिकी संविधानमा उल्लेख गरिएअनुसार ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक पर्दछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस