समाचार

बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एकको मृत्यु

Death Body

२८ पुस, बाजुरा । बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् ।

उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए ।

ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस