२८ पुस, काठमाडौं । सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३ सय र सोमबार ९२ हजार २ सय रुपैयाँ रहेको थियो । यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस