
२८ पुस, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् ।
क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले जानकारी दिए ।
एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस