
२८ पुस, काठमाडौं । कुमारी बैंक लिमिटेड र वीरगन्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले रिसर्च सेन्टरसँग सम्झौता भएको हो ।
कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता–पत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा २० प्रतिशत र औषधिमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस