समाचार

एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ

atm todfod

२८ पुस, सुनसरी । एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका- ३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमवार साँझ प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार मनसुरीले एटिएम बुथमा तोडफोड गर्ने प्रयास गरेको सिसीटिभी फुटेजको आधारमा सुभानलाई धरान उप-महानगरपालिका– १८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस