२८ पुस, काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबिच बीमा सम्झौता भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो ।
आइतवार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट सञ्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपाल अन्तरगत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी धनीहरुलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रुपमा फछ्र्यौट गरिने बताए ।
कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत संचालन भएका बीमा सेवा सुबिधाको लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् ।
इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुविधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा विस्तार हुने आशा व्यक्त गरे ।