समाचार

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

bimalendra nidhi

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुनेछ भने। “प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांग्रेसमा कुनै विवाद छैन”, उनले भने, “निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांगे्रसलाई शिरोधार्य हुनेछ ।”

उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने आग्रह गर्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाए ।

एक प्रश्नका जवाफमा उनले कांग्रेसको निर्वाचनको मुद्दा सङ्घीयता, गणतन्त्रको रक्षा र जनताको हितमा सफल कार्यान्वयन हुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस