समाचार

अहिलेका समाचारले सामाजिक द्वन्द्व बढाउन थाले: सञ्चारमन्त्री गुरुङ

parbat gurung

२८ पुस, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका पत्रकारहरुसँगको भेटमा मन्त्री गुरुङले सचेत भएर कार्यसम्पादन गर्न आग्रह गरेका हुन् । समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भएपनि अहिले ठिक उल्टो भैरहेको मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्रि गुरुङ सँगको भेटमा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका प्रतिनिधिले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस