
२८ पुस, बाजुरा । हातहतियार सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाजुराको बडिमालिका नगरपालिका–३ रजालीबाट ३ नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप सहित ४ जना सोमबार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बडिमालिका नगरपालिका ३, बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने लुहार, सोही नगरपालिका ८, बस्ने ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस