समाचार

लाठी प्रहार गरी भाइको हत्या, दाजु पक्राउ

police arrest

२८ पुस, बाँके । बाँकेमा आफ्नै सहोदर भाइ १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको आरोपमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–४ नरैनापुरका ३० वर्षीय ईसाईल खाँ सोमबार बेलुका पक्राउ परेका हुन् ।

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको थियो ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस