
२८ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको हाे । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नयाँ संक्रमित ४ सय ३० थपिएका छन् । हालसम्म २ लाख ६५ हजार ६ सय ९८ संक्रमित भएपनि २ लाख ५९ हजार ३ सय ५८ जना संक्रमण निको भई डिस्चार्ज भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस