बैँक / वित्त

एभरेष्ट बैंकद्वारा फोनपेसँगको सहकार्यमा अनलाइन कर भुक्तानी सेवा शुरू

Online Tax Payment

२८ पुस, काठमाडौं । एभरेष्ट बैंकले फोनपेसंगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ ।

साथै बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोविड-१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ ।

कोविड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो ।

सो समरोहमा मधु कुमार मरासानी, महालेखा नियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग, दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोनपे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस