समाचार

नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ६ प्रतिशत

Health Ministry

२८ पुस, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो अवधिमा पाँच हजार ३०० जनाको स्वास्थ्य परीक्षण गर्दा १७७ महिला र २५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६८९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५९ हजार ३५८ पुगेको छ । यसमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर चार हजार ४०८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म १९ लाख ९२ हजार ८५५ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसमा ११५ महिला र १४४ पुरुष रहेका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९३२पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँचले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस