
२९ पुस, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १ सय बढेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस