सूचना प्रविधि

फेसबुक र ट्वीटरपछि युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध

trump

२९ पुस, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ ।

ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ ।

यसअघि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेको थियो । त्यस्तै, फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाई अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् ।

गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन् ।

राष्ट्रपति चुनावको मतपरिणाम प्रमाणीकरण गर्न बसेको बैठकमा ट्रम्प समर्थकले हिंसा भड्काउँदा पाँच जनाको मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस