मनोरञ्जन ताजा समाचार

कालीप्रसादले ल्याए ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)

MISSIYERA DUITA KHOLA

२९ पुस, काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुईटा खोला’ बोलको गीत भिडियोसहित रिलिज भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका रीता केसी र राज सागरको स्वर रहेको छ ।

गीतमा एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । गीतको भिडियो अमर ओलीले निर्देशन गरेका हुन् । ठुलो पर्दाको फिल्म निर्देशन गर्दै आएको निर्देशक ओलीले भिडियोमा प्रेमकथा बुनिएको बताए ।

रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन भिडियोमा देख्न सकिन्छ । उनीहरुको जोडी भिडियोमा परफेट देखिएको छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।

https://www.youtube.com/watch?v=P2gOmZ5eDTk&feature=emb_title

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस