विश्व/प्रवास

कोरोना नियन्त्रणका लागि चीनका चार शहरमा लकडाउन

china covid 19

२९ पुस, काठमाडौं । चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै भेटिएका छन् । यद्यपि, उत्तरपूर्वी चीनको प्रान्तमा पनि नयाँ संक्रमण वृद्धी भएको देखिएको छ । भाइरसको अर्को लहर आउनसक्ने भयपछि चीनमा २ करोड ८० लाखभन्दा धेरै जनसंख्या होम क्वारेन्टाइनमा छन् ।

नेशनल हेल्थ कमिसनकाअनुसार मेनल्यान्ड चाइनामा कुल १ सय १५ वटा नयाँ संक्रमणका घटना देखिएका छन् । ३० जुलाईपछि सर्वाधिक यति धेरै संक्रमित देखिएको यो पहिलोपटक हो । कमिसनका अनुसार नयाँ संक्रमणमध्ये १ सय ७ वटा घटना स्थानीय संक्रमणका हुन् । बेइजिङ नजिकैको हिवेई प्रान्तमा ९० र हेइलङजियाङ प्रान्तमा १६ वटा नयाँ केश दर्ज भएका छन् ।

विश्व स्वास्थ संगठनका अनुसन्धानकर्ताहरुको टोली कोरोनाको उद्गम थलो खोज्ने क्रममा चीनको उहान सहर आउने तय भएका बेला संक्रमितहरुको संख्या पनि बढ्दै गएको हो । उहानमा २०१९ मा पहिलोपटक कोभिड १९ देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस